जन्ताभ्वाईस सम्बाददाता
१५ पुष,बुधबार
कटारी /उदयपुरको कटारी नगरपालिकामा लगत संकलन ईकाई कार्यालय उद्घाटन गरिएको छ । भूमि सम्बन्धी समस्या समाधान आयोगको ईकाई कार्यालय उदघाटन गरिएको हो । कटारी नगरपालिकाकी उपप्रमुख भिम कुमारी राउतको अध्यक्षता तथा प्रदेश १ का भूमि व्यवस्था तथा कृषि सहकारी राज्यमन्त्री रामबहादुर मगरको प्रमुख आतिथ्यतामा कार्यालयको उदघाटन तथा भूमि सम्बन्धी अन्तरक्रिया कार्यक्रम कटारीमा सम्पन्न भएको हो ।
कार्यक्रममा राज्यमन्त्री मगरले आयोगले द्रुत गतिमा काम गरि रहेकोले सरकारले यो पटक भूमि सम्बन्धी समस्या समाधान गर्ने बताउँदै नगरमा लगत संकलनको काम अघि बढाउन निर्देशन दिनुभयो । कटारीमा केहि समस्या देखापरे जिल्लाकै वेलका नगरपालिकासँग सहकार्य गरी काम अघि बढाउन पनि मगरले आग्रह गर्नुभयो ।
कार्यक्रमको समापन गर्दै नगरपालिकाका उपमेयर भिमकुमारी राउतले भूमीहिन ,दलित , अव्यवस्थितहरुको समस्या यहि जनप्रतिनिधिको पालामा समाधान गर्न अघिबढ्दै वडाध्यक्षहरुलाई पनि यसमा लागिहाल्न आग्रह गर्नुभयो । कटारी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमर प्रसाद भट्टले आयोगले नगरपालिकामा हाल सम्म गरेका कामहरु बारे जानकारी गराउनु भएको थियो ।