images
images

कटारीमा उधौली पर्व विधिवत पुजा आजा गरी मनाईयो

जन्ताभ्वाईस सम्बाददाता
१५, पुष,बुधबार

कटारी /आजदेखि किरात समुदायको विशेष पर्व उधौली मनाईदैछ । विश्वव्यापी कोरोना महामारीका कारण यस वर्षको उधौली चाड उदउपुरको कटारीमा पनि औपचारिकतामै सीमित गरिएको छ । समुदायमा कोरोना संक्रमणको जोखिम बढ्ने भएपछि किरात राई यायोक्खा नगर कमिटी कटारीले विगतका वर्षहरुमा जसरी उधौली चाड भब्य रुपमा नमनाउने निर्णय गरेको थियो । जस अनुरुप आज कटारीका राई समुदायले औपचारिक रुपमा विधिवत पुजा गरी उधौली मनाईएको कमिटीका अध्यक्ष पदम राईले बताउनुभयो ।

नेपालका किरात समुदायले नेपाली पात्रो अनुसार हरेक वर्ष वैशाख पूर्णिमादेखि एक महिनासम्म उभौली र मंसिरे पूर्णिमादेखि एक महिनासम्म उधौली मनाउने गरेका छन् ।कोरोनाका कारण गत वैशाख २५ गते परेको उभौलीमा सामान्य विधि मात्र पुर्याइएको थियो । कोरोना अघि कटारीका राई समुदायले कटारी , ३ को साकेला थानमा धुमधामका साथमा साकेला नाच्दै उधौली उभौली मनाउने गरेका थिए । यस वर्ष कोरोनाका कारण साकेला थानमा सिमित रुपमा विधिवत पुजा आराधना मात्रै गर्ने निर्णय गरिएको पनि कमिटीले जनाएको छ ।