images
images

केपी ओली क्रुर शासक रहेको आरोप

जन्ताभ्वाईस सम्बाददाता
१३ पुष , सोमबार

कटारी /उदयपुरको कटारीमा पनि नेपाली काँग्रेस संसद विघटनको विरोध गरेको छ । काँग्रेसको केन्द्रीय निर्णय अनुसार क्षेत्रीय समितिले आज कटारी बजारमा र्याली सहित भूगोलपार्कमा कोणसभा गरेको थियो । कोणसभालाई सम्बोधन गर्दै काँग्रेस नेतृ प्रमिला राईले केपी ओली क्रुर शासक रहेको आरोप लगाउनुभयो । राष्ट्रियताको खोल ओढेर सरकारमा पुगेपनि कम्युनिष्टले लोकतन्त्रको रक्ष ागर्न नसकेको राईको भनाई थियो ।

क्षेत्रीय सभापति रामकुमार खत्रीको सभापतित्वमा सम्पन्न कोणसभामा वोल्दै नेविसंघका केन्द्रिय सदस्य मिरा कटुवालले राष्ट्रपति विद्यादेवी भण्डारीलाई ओलीले पार्टीको पक्षपाति बनाएको बताउनुभयो ।राष्ट्रपति नेकपाको एउटा गुटको खेलौना भएको आरोप लगाउनुभयो ।त्यसैगरी काँग्रेसका जिल्ला कोषाध्यक्ष राजेशचन्द्र श्रेष्ठ काँग्रेस नयाँ जनादेशका लागि चुनाबमा जान तयार रहेको बताउनुभयो ।कार्यक्रममा बोल्दै काँग्रेस नेताहरुले कम्युनिष्ट सरकारले जनताको आशा अनुसार काम गर्न नसकेकाले काँग्रेस नै लोकतन्त्रमा जनताको काम गर्ने पार्टी रहेको बताएका थिए ।