images
images

दुधौलीमा चुनाबका लागि तयार रहन काँग्रेसको आग्रह

जन्ताभ्वाईस सम्बाददाता
१३ पुष , सोमबार

दुधौली /सिन्धुलीको दुधौलीमा संसद विघटनको विरोध गर्दै प्रमुख प्रतीपक्ष दल नेपाली कांग्रेसले सम्पुर्ण जनतालाई निर्वाचनको लागि तयारी रहन आग्रह गरेको छ । नेकपा सरकारको बिरोध कार्यक्रममा बोल्नु हुँदै कार्यक्रमका प्रमुख अतिथी तथा नेपाली काङ्ग्रेसका केन्द्रिय कार्यसमिति सदस्य श्याम घिमिरेले यस्तो आग्रह गर्नु भएको हो ।
नेपाली क्राङ्रेस क्षेत्र न १ सिन्धुलीले दुधौली बजारमा कार्यक्रम सन्चालन गरेको हो। दुधौली बजारमा रहेको कमला बहुमुखि क्याम्पस देखि नारा जुलुस सहितको ¥यालीले बजार परिक्रमा गरी पुन सोहि स्थानमा आई कोण सभामा परिणत भएको थियो । कार्यक्रमको सभापती क्षेत्र न १ का सभापति तथा तिन पाटन गाउपालिकाका अध्यक्ष कर्न थापा मगर र प्रमुख अतिथि केन्द्रिय सदस्य श्याम घिमिरे, कार्यक्रममा जिल्ला सभपति उज्वल बराल, महिला संघको जिल्ला सभपती गङ्गा दाहाल लगायतको उपस्थिति रहेको थियो ।