images
images

सेनाले छाडेको ताराघारी क्याम्प नगरपालिकाको कर्मचारी र नगर परिवारको पिकनिक स्पोट

जन्ताभ्वाईस सम्बाददाता
१३ पुष , सोमबार

कटारी /२७ वर्ष अघि कटारी घुर्मी ओखलढुंगा सडक निर्माण परियोजनाका लागि तत्कालिन शाही नेपाली सेना कालीप्रसाद गणले हालको कटारी ३ को ताराघारीमा सेनाले पैसा नतिर्ने र पछी क्याम्प छाडेपछी फिर्ता दिने सर्तमा लिएको क्याम्पमा अहिले सेना छैनन् । त्यसपछी द्वन्दकाल सुरुभयो उक्त समयमा सेनाले सुरक्षा अवस्था देखाउँदै आसपासका स्थानीयको जग्गा पनि कब्जा भयो धेरैको जग्गा सेनाको कब्जामा परेको थियो । केहि विस्थापित नै भएका छन् ।
विस्थापित भएर सुकुम्बासी भएर वसेका ४ परिवारलाई सदावहार सामुदायिक बन उपभोक्ता समूहले कटारीकै च्याँगामा रहेर वस्ने वासको व्यवस्था गरेको थियो । सेनाको जग्गा कब्जामा परेकाहरुको एउटै आशा थियो । सेना गएपछी जग्गा फिर्ता पाउने तर गएको साल सेनाको त्यहाँको गुल्म कटारीकै वेलसोत क्याम्पमा समायोजन भएर गयो र त्यो जग्गा र संरचना कटारी नगरपालिकाको जिम्मामा आयो ।

द्वन्दमा यस क्षेत्रको सुरक्षा जिम्मा लिएको युद्धमा पनि विस्थापित हुन नसकेको , कटारी घुर्मी ओखलढुंगा सडक निर्माण गरेको जस्तो ऐतिहासिक क्याम्प क्षेत्र जसको नगरपालिकाले छलफल गरेर निर्णय गर्ने बताएको क्षेत्रमा शनिबार नगरपालिकाकै कर्मचारीहरुले बनभोज खाएका छन् । नगरपालिकाका उपमेयर भिमकुमारी राउत , प्रमुख प्रशासकिय अधिकृत अमर प्रसाद भट्ट ,लेखा अधिकृत दिलिप श्रेष्ठ लगायतका नगरपालिका परिवारले उक्त क्याम्प क्षेत्रमा बनभोज खाने , नाचगान गर्ने , रमाईलो गर्ने स्थल बनाईरहँदा जग्गा खोसिएका स्थानीय भने टुलुटुलु हेर्न बाध्य भएका छन् । यस सम्बन्धि समाचारहरु युद्धकालदेखि नियमित विभिन्न राष्ट्रिय तथा स्थानीय संञ्चारमाध्यमहरुमा आएपनि कुनै निकायले यसको बारेमा छलफल समेत गरेका छैनन् ।