images
images

जनता समाजवादीको कटारी र उदयपुरगढीमा समायोजन , ताप्लीका प्रभावशाली नेता पदमबहादुर तामाङ्ग सहित ३३ जना समाजवादीमा प्रवेश

जन्ताभ्वाईस सम्बाददाता
पुष , ८ , बुधबार
कटारी /उदयपुरको ताप्लीगाउँपालिकाका पदमबहादुर तामाङ्ग जनता समाजवादी पार्टीमा प्रवेश गर्नुभएको छ । २०३६ सालदेखि नेपाली काँग्रेसमा आवद्ध भएर राजनीति गर्नुभएका प्रभावशाली नेता तामाङ्गलाई सोमबार कटारीमा पार्टीको कटारी नगर समायोजन तथा पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टीका ३३ जनाले समाजवादी प्रवेश गरेका थिए ।सूर्यपाल सुनुवारको नेतृत्वमा युवाहरुलाई समेत पार्टीमा प्रवेश प्रवेश गराउँदै पार्टीका वरिष्ठ नेता अशोक कुमार राईले सही पार्टी छनौट र देश र जनताका लागि आगामी दिनमा काम गर्ने पार्टीमा प्रवेशको शुभकामना दिनुभयो ।
पार्टी प्रवेश गर्दै तामाङ्गले अवको देशको भविष्य निर्माणमा जनता समाजवादी पार्टीको रणनीति सवैपार्टी भन्दा उत्कृष्ट लागेकोले पार्टी प्रवेश गरेको बताउनुभयो ।विगतमा ताप्ली गाउँपालिकामा जनताले आफुलाई दिएको मतको सम्मान गर्दै आफु जनताको काममा सदा सकृय रहने समेत उहाँको भनाई थियो ।ताप्ली गाउँपालिकाको अध्यक्षमा काँग्रेसले उमेदवार नबनाएपछी स्वतन्त्र रुपमा निर्वाचन जितेको भएपनि धाँधली गरी हराएको भएपनि आफुले उक्त मतको संरक्षण र जनताको काममा सकृय हुने पनि उहाँको भनाई थियो ।
समायोजन पछी बुद्धिमान तामाङ्गको अध्यक्षतामा १९ सदस्यिय नगर समिति समत गठन भएको थियो । समितिको उपाध्यक्षमा गंगा पोखरेल , सचिवमा केशव राई , कोषाध्यक्षमा मेनुका राई चयन भएका छन् । त्यसैगरी सदस्यहरुमा जंगबहादुर सुनुवार , हस्तराज मगर , दिपक तामाङ्ग , कुशल राई ,रुद्र खपाङ्गी मगर ,ढकबहादुर मगर ,कमला विश्वकर्मा ,बिरिसलाल दनुवार ,साजन कार्की ,पूर्णबहादुर दनुवार ,अम्बर बहादुर दनुवार ,हरिस सुनुवार ,सन्तोष मगर र अमृतबहादुर गोले चयन भएका छन् । पूर्व राष्ट्रिय जनता पार्टी र समाजवादी फोरमबाट नगरमा जनता समाजवादी समायोजन गरिएको पार्टीका युवा नेता यज्ञकुमार राईले बताउनुभयो ।
पार्टीका वरिष्ठ नेता राईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा कार्यकारिणी सदस्य शुसिला श्रेष्ठको पनि सहभागिता रहेको थियो । नवनिर्वाचित समतिलाई पार्टीका जिल्ला अध्यक्ष केशम मगरले सपथग्रहण गराउनुभएको थियो । त्यसैगरी उदयपुरकै उदयपुरगढी गाउँपालिकामा पनि मंगलबार पार्टीले समायोजन कार्यक्रम सम्पन्न गरेको छ ।
उदयपुरगढीमा मानबहादुर राईको अध्यक्षतामा १९ सदस्यिय पार्टीको पालिका कमिटी गठन भएको छ । कमिटीको उपाध्यक्षमा सरिता राई ,र देशबहादुर राई ,सचिवमा तिलक मगर ,उपसचिवमा लेखबहादुर राई ,र मिलम विक ,कोषाध्यक्षमा पम्फा राई चयन भएका छन् ।त्यसैगरी सदस्यहरुमा बमबहादुर मगर ,टिकाबहादुर राई ,कृष्णबहादुर राई ,सुस्मा मगर ,बेदबहादुर मगर ,सुस्मा राई ,प्रयास राई ,सुकसरी राई ,मंगलसिंह राई ,विकास विक ,रुपेश राई र मनोज सेवा चयन भएका छन् ।