images
images

ट्रेड युनियन कांग्रेसमा सहकारीकर्मी ढकाल सहित सल्लाहकार नियुक्त

काठमाडौ – नेपाल ट्रेड युनियन कांग्रेसले विभिन्न विषयगत विज्ञ सल्लाहकार नियुक्त गरेको छ । सहकारी अभियान्ता तथा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का वरिष्ठ उपाध्यक्ष चन्द्र प्रसाद ढकालसहित १० जना विज्ञ सल्लाहकार नियुक्त भएका हुन् ।

नवनियुक्त विज्ञ सल्लाहकारलाई आइतबार एक कार्यक्रमका बीच नियुक्ती पत्र प्रदान गरिएको हो । विधागत सल्लाहकार अन्तर्गत डा. मुक्ति श्रेष्ठ(स्वास्थ्य) , मोहन ज्ञवालि(शिक्षा ), विजय स्वार (औद्योगिक सम्बन्ध) , अधिवक्ता लक्ष्मी रावल( जेन्डर) , शिशिरकुमार झा( श्रम तथा रोजगार) , खगेन्द्र खत्री (संचार) , सुवर्ण कर्माचार्य (मानव अधिकार तथा ट्रेड युनियन) सल्लाहकार नियुक्त भएका हुन् ।

युनियनलाई समय सापेक्ष रुपमा सुदृढीकरण गरि श्रमिकको हकअधिकार सुनिश्चित गर्न विज्ञ सल्लाहकार मनोनीत गरेको ट्रेड युनियन कांग्रेसले जनाएको छ ।