जन्ताभ्वाईस सम्बाददाता
२ पुष ,बिहिबार
कटारी/ बढ्दै गएको चिसोका कारण जनजीवन प्रभावितका साथै ज्यानै जान सक्ने अवस्थालाई मध्यनजर गर्दै उदयपुरको कटारीमा प्रहरीले जनचेतनामुलक कार्यक्रम सुरु गरेको छ । ईलाका प्रहरी कार्यालय कटारीले आज समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत कटारीको वडा नं. ३ तल्लो कटारी र कटारी नगरपालिका वडा नं. ५ सुकुम्बासी टोलमा स्थानिय सर्बसाधरणहरुलाई भेला जम्मा गराई शितलहरबाट बच्ने उपाय तथा हुन सक्ने घट्ना रोकथाम सम्बन्धि जनचेतना मुलक कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यालयका प्रमुख डिएसपी हेमन्त भण्डारी क्षेत्रीका अनुसार चिसोले विपन्न परिवारमा जोखिम बढ्ने भएकाले जनचेतनामुलक कार्यक्रम गरिएको हो । डिएसपी क्षेत्रीले शितलहर बढेमा जोगिएर आगो ताप्ने , उपलब्ध कपडाहरु लगाउने , घरको ढोकाहरु बन्द गरेर न्यानो भएर बस्ने लगायतका जानकारी गराईएको पनि बताउनुभयो ।