जन्ताभ्वाईस सम्बाददाता
१ पुष , बुधबार
कटारी /ईलाका प्रहरी कार्यालय कटारी उदयपुरको थुनुवाकक्षमा टेलिभिजन राखिएको छ । कटारी नगरपालिकाले सबै नागरिकहरुलाई सुचना लिनबाट बञ्चित हुन नपरोस भनेर टेलिभिजन राखिएको हो । आज नगरपालिकाका उपमेयर भिमकुमारी राउतले कक्षमा टेलिभिजन राखिदिनुभएको हो । विभिन्न आरोपमा थुनामा वसेकाहरुलाई पनि सुचना लिनबाट बञ्चित नहोस भन्ने उद्येश्यले टेलिभिजन राखिदिएको उपमेयर राउतले बताउनुभयो । कक्षमा टेलिभिजन उपपब्ध गराएकोमा कार्यालयका प्रमुख डिएसपी हेमन्त भण्डारी क्षेत्रीले नगरलाई धन्यवाद दिनुभयो ।


जनता भ्वाइस 








