images
images

ईलाका प्रहरी कार्यालय कटारीद्वारा २ सय २३ रोपनी गाँजा नष्ट

मंसिर ३० मंगलबार
कटारी र उदयपुर जिल्लाको पश्चिमी पहाडी ताप्ली गाउपालिकाको विभिन्न स्थानमा अवैध रूपमा लगाइएको गाँजा खेती प्रहरीले फँडानी गरी नष्ट गरेको छ ।ईलाका प्रहरी कार्यालय कटारीका अनुसार ताप्लीको ताप्ली वडा नम्बर १ थामखर्क,बास्तानी,जतनपुर,ओख्ले,लेखगाउँ इनामे,तामाखर्क लगाएतका स्थानमा अवैध रूपमा लगाइएको तथा प्राकृतिक रूपमा आफैं उम्रिएका गाँजाका बोट नष्ट गरिएको छ ।
ईलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिएस्पी हेमन्त भण्डारी क्षेत्रीको नेतृत्वमा खटिएको प्रहरी टोली र शशस्त्र बेश क्याप कटारीको सक्रियतामा ताप्लीको विभिन्न क्षेत्रमा करिव २ महिनाको अवधिमा २३३ रोपनीभन्दा बढी क्षेत्रफलमा लगाइएको अवैध तथा आफैं उम्रिएका एकानब्बे हजार ४ सय ६० गाँजाका बोट फँडानी गरिएको हो । विभिन्न स्थानमा अवैध रूपमा गाँजाखेती गरेको पाइएकाले प्रहरी कार्यालयले विशेष रणनीति अनुसार कार्ययोजना बनाई विशेष अभियान नै सञ्चालन गरी गाँजा फँडानी गरेको हो ।