images
images

कोरोना जितेपछी गाउँमा पुगेका मेयर श्रेष्ठको प्रतिवद्धता बुढाबुढी गाउँमा माघसम्ममा पिउने पानीको व्यवस्था

जन्ताभ्वाईस सम्बाददाता
२२ कार्तिक , शनिबार

कटारी/ कोरोनालाई परास्त गरेर फर्किनुभएका उदयपुरको कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठ नियमित काममा फर्किनुभएको छ । केहिदिन अघि कोरोना संक्रमणमुक्त भएर फर्किनुभएका मेयर श्रेष्ठले आज नगरपालिकाको वडा नम्बर ७ का स्थानीयहरुको समस्या बुभ्mन सो क्षेत्रमा पुग्नुभएको हो ।
श्रेष्ठले वडाको बुढाबुढी गाउँमा पिउनेपानीको समस्या रहेकाले अनुगमन गर्दै आगामी माघसम्ममा समस्या समाधान गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।
बुढाबुढी गाउँका २५ घरपरिवारको पिउने पानी समस्या रहेकाले त्यँहा शुद्ध पिउने पानीको व्यवस्थाका लागि नगरपालिकाले सोलारबाट लिप्mिटि¨ प्रणाली जडान गरी पानीको समस्या आगामी माघसम्ममा समाधान गरिदिने मेयर श्रेष्ठले बताउनुभयो । त्यसैगरी सोही वडाको चुहाडेका स्थानीयहरुसँग पनि मेयर श्रेष्ठले छलफल गर्नुभएको थियो ।
छलफल पश्चात स्थानीयको माग अनुसार त्यहाँ भीमसेन मन्दिर निर्माण पनि नगरपालिकाले गरिदिने प्रविद्धता जनाएको पनि मेयर श्रेष्ठले बताउनुभयो । कोरोना संक्रमण भएपछि होमआईशोलेसनमा वसेर कोरोना परास्त गरी कटारी फर्किएपछी मेयर श्रेष्ठले फेरी नगरवासी जनताकामा पुगेको बताउँदै आफु पनि सतर्क रहेको र अरुलाई पनि सतर्क रहन आग्रह समेत गर्नुभयो ।