जन्ताभ्वाईस सम्बाददाता
२१ कार्तिक , शुक्रबार
कटारी /उदयपुरको उदयपुरगढी गाउँपालिकामा ३ जरुवामा पुरुष भलिवल प्रतियोगीता हुने भएको छ । तिहार तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान तथा भलिवल प्रतियोगीता गरिने वडा अध्यक्ष मनोज कार्कीले जनाकारी दिए ।
उदयपुरगढी गाउँपालिका ३, बर्रे र बाह्रविसे युवा क्लवको संयुक्त आयोजनामा भलिवल प्रतियोगीता हुने भएको वडाध्यक्ष कार्कीले बताए । खेल यहीँ कार्तिक २५ गतेदेखी हुने आयोजकले जनाएको छ ।
पुरस्कारहरु क्रंमस, प्रथम ३५ हजार नगद, द्धितीय २५ हजार नगद, तेस्रो १५ हजार र सान्तावना ५ हजार रहेको छ । टिम दर्ता शुल्क १५ सय रहेको छ ।