जन्ताभ्वाईस सम्बाददाता
२१ कार्तिक , शुक्रबार
कटारी /उदयपुर कटारी नगरपालिका वडा नम्बर ९ का एक १४ वर्षिय कोरोना संक्रमित वालकको उपचारको क्रममा मृत्यु भएको छ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा वालकको आज मृत्यु भएको हो । १२ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएका १४ वर्षीय वालक प्रतिष्ठानको कोभिड अस्पतालमा १६ कात्तिकमा भर्ना भएका थिए ।
कटारी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख शुरेस दाहालका अनुसार उनमा क्षयरोग तथा फोक्सोमा पानी जम्ने समस्या रहेको थियो । फोक्सोमा समेत पानी जमेका वालक लामो समयदेखि नोवेल मेडिकल कलेज विराटनगरमा उपचाररत रहेका थिए ।
संक्रमित वालकको मृत्यु भएसँगै कटारी नगरपालिकाको स्वास्थ्य शाखाको टोली भोलि कटारी , ९ मा गएर स्वास्थ्य सम्बन्धि सचेतना दिने , सतर्क रहन आग्रह गर्ने , र सम्पर्कमा रहेकाहरुको स्वाब समेत संकलन गर्ने तयारी भईरहेको पनि नगरका स्वास्थ्य शाखा प्रमुख दाहालले बताउनुभयो ,


जनता भ्वाइस 







