images
images

कटारीमा हालसम्म ६९ मा कोरोना संक्रमण ,४० ले जिते , २९ आईशोलेसनमा

जन्ताभ्वाईस सम्बाददाता
२१ , कार्तिक,शुक्रबार

कटारी /उदयपुरको कटारी नगरपालिकामा हालसम्म कोरोना संक्रमण कोभिड १९ हुनेको संख्या ६९ जना पुगेको छ । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख शुरेस दाहालका अनुसार नगरभित्र र अन्यत्र पिसिआर गरिएकाहरु र नगरको सम्पर्कमा आएकाहरु गरी जम्मा संक्रमतिको संख्या ६९ पुगेको हो । ६९ संक्रमितमध्ये हालसम्म ४० जनाले कोरोना जितिसकेका छन् भने २९ जना आईशोलेसनमा छन् । दाहालका अनुसार २० जना होमआईसोलेसन र ९ जना संस्थागत आईशोलेसनमा रहेका छन् । आईशोलेसनमा रहेका २९ जनामा २२ पुरुष र ७ महिला रहेका छन् । नगरपालिकाले हालसम्म ८ सय ६५ पिसिआर स्वाब संकलन गरी परिक्षण गरेको छ ।