images
images

दुर्घटना न्युनिकरणका लागि ट्राफिक चिन्हहरु राखियो

जन्ताभ्वाईस सम्बाददाता
कार्तिक , २० , बिहिबार
कटारी /सडक दुर्घटना न्युनिकरणका लागि अस्थायी ट्राफिक प्रहरी पोष्ट कटारीले मिर्चैया–कटारी–बेतेनी सडकखण्डमा ट्राफिक चिन्हहरु राखेको छ । कटारी नगरपालिकाको सहयोगमा सिद्धिचरण राजमार्ग अन्र्तगतको यस सडकखण्डमा सडकको अवस्था संकेत गर्ने चिन्हहरु राखिएको पोष्टले जनाएको छ । सडकमा राखिएका चिन्हहरुले बताएका संकेतहरु पुरा गर्दै सजगभएर यात्रा गरे दुर्घटना हुने सम्भावना कम हुुने ट्राफिक प्रहरीहरु बताउँछन् ।