images
images

कारोना जितेर मेयर हेलिकोप्टरमा फर्किए

जन्ताभ्वाईस सम्बाददाता
१९ कार्तिक ,बुधबार

कटारी /उदयपुरको कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठ कोरोनालाई परास्त गरी कटारी फर्किनुभएको छ । काठमाडौँमा होम आइसोलेसनमा बस्नुभएका उहाँ स्वास्थ्यलाभ गरेर फर्किनुभएको हो । मंगलबार विहान कैलाश हेलिकप्टर सर्भिसेजको हेलिकोप्टरबाट मेयर श्रेष्ठ कटारी आउनुभएको थियो ।
पछिल्लो पटकको परीक्षणमा कोरोना नेगेटिभ रिपोर्ट आएसँगै मेयर कोरोनामुक्त भएको कटारी नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । असोज ४ गते मेयरसहित प्रमुख प्रशासकीय अधिकृत, ईलाका प्रसाशन कार्यालयका प्रमुख, कटारी नगरको शिक्षास्रोत व्यक्ति गरी ४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
कोरोना पुष्टि भएपछि होम आइसोलेसनमा बस्नुभएका मेयरको १४ औं दिनमा रिपोर्ट नेगेटिभ आएको हो । कोरोनालाई परास्त गरेसँगै हेलिकोप्टरमा काठमाडौंबाट कटारी आउनुभएका मेयरको सामाजिक संञ्जाल फेसबुकमा हेलिकोप्टरमै आएका कारण आलोचना समेत भईरहेको छ ।
सामान्य नगरवासी उपचार नपाएर ज्यान जाने अवस्थामा रहेका वेला कोरोना जितेर हेलिकोप्टरमा मेयर आएको भन्दै फेसबुकमा आलोचना भएको हो ।नगरपालिकाको आधुनिक मेयर हिंड्ने सवारीसाधन हुँदाहुँदै हेलिकोप्टरमै आएको भन्दै मेयरको आलोचना भएको हो । केहिदिन अघि मात्रै कटारी ३ मा एक १९ वर्षिय युवाको सिरहाको एक अस्पत्तालमा कोरोना एन्टिजेन पोजेटिभ आएसँगै तत्काल ४ लाख जम्मा गर्न नसक्दा ज्यान गएको थियो ।