जन्ताभ्वाईस सम्बाददाता
६ कार्तिक, बिहिबार
कटारी/ उदयपुरको कटारी नगरपालिकामा समुदायस्तरमै धमाधम कोरोना संक्रमित देखा पर्न थालेको छ । आज मात्रै पनि कटारी नगरपालिकामा ११ जना संक्रमित थपिएका छन् । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख शुरेस दाहालका अनुसार शंका लागेर वर्दिवासमा कोरोना परिक्षण गराएका कटारी ४ का एक विद्यालयका प्रधानाध्यापक र उनका श्रीमतिमा कोरोना पोजिटिभ देखिएको छ । त्यसैगरी धरानमा ३१ र विराटनगरमा पठाईएको ९ जनाको स्वावमा कटारीकै २ स्वास्थ्यकर्मी , ५ सुरक्षाकर्मी र कटारी ५ का एकजनामा संक्रमण पुष्टि भएको हो ।
लक्षण देखा परेको शंका लागेपछी कटारी ५ का एकजनामा गरिएको परिक्षणबाट संक्रमण पुष्टि भएको हो । त्यसैगरी विद्यालयका प्रधानाध्यापकले भने यस अघि संक्रमण पुष्टि भएका नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठसँग एक कार्यक्रममा सम्पर्क भएको भन्दै आपैmले परिक्षण गराउनुभएको थियो । केहि दिन अघि मेयर सहित प्रमुख प्रशासकिय अधिकृत , ईलाका प्रशासन कार्यालय कटारीका प्रमुख ,शिक्षा शाखाका स्रोत व्यक्तिमा समेत संक्रमण देखिएको थियो । संक्रमित सुरक्षाकर्मीमा ईलाका प्रहरी कार्यालय कटारीमा रहेका ५ जनालाई नगरपालिकाले निर्माण गरेको कटारी ३ को ताराघारी स्थित आईशोलेसनमा राखिएको छ ।


जनता भ्वाइस 







