जन्ताभ्वाईस सम्बाददाता
६ कार्तिक ,बिहिबार
कटारी /उदयपुरको कटारी नगरपालिकाले ३० शैय्याको सुविधायुक्त आइसोलेसन निर्माण गरेको छ । कटारी नगरपालिका –३ ताराघारीमा आइसोलेसन निर्माण गरिएको हो । उक्त स्थानमा तत्कालीन नेपाली सेनाको गुल्म रहेको थियो । सेनाको गुल्म वेलसोतमा सरेपछि सेनाले बनाएको भौतिक सरचना नगरपालिकालाई हस्तान्तरण गरेको थियो । अहिले त्यसैलाई मर्मत गरेर आइसोलेसन तयार गरिएको नगरपालिका प्रमुख मेयर ज्ञानेन्द्र श्रेष्ठले बताउनुभयो ।
कोरोनाको संक्रमण बढ्दैगएपछी कोठामा वसेका घरमा वस्न असहज हुने संक्रमितलाई राख्नका लागि नगरपालिकाले आईशोलेसन तयार पारेको पनि मेयर श्रेष्ठले बताउनुभयो । सेनाको क्याम्प रहँदा भएका भौतिक संरचना भएकाले त्यसैलाई आईशोलेसन निर्माण गरिएक्का हो । पछिल्लो पटक सातायता एक्कासी कटारी नगरपालिका कोरोना संक्रमण व्यापक रुपमा देखा परेको छ । नगर प्रमुख ज्ञानेन्द्र श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत गणेश अर्याल, शिक्षा शाखाका सूर्य कार्की लगायत ३० जना संक्रमण भइसकेका छन् । आइसोलेसनमा चिकित्सकीय सुविधा कटारी अस्पतालका चिकित्सकले प्रदान गर्ने छ ।


जनता भ्वाइस 







