
संञ्जिव राउत
४ कार्तिक,मंगलबार
कटारी /मेयर, प्रमुख प्रशासकिय अधिकृत र शिक्षा शाखा प्रमुखलाई कोरोना भाईरस पुष्टि भएसँगै उदयपुरको कटारी नगरपालिकाका अत्यावश्यक सेवा वाहेक सबै कामहरु ठप्प भएका छन् । उपप्रमुख भिमकुमारी राउतले आज एक प्रेस विज्ञप्ति जारी गर्दै कात्तिक ४ गतेदेखि कार्यालय र मातहतका कार्यालयका शाखाहरुबाट सम्पादन गरिने अत्यावश्यक सेवा (दमकल, फोहोरमैलाको गाडी, नगर प्रहरी, स्वास्थ्य सेवा) वाहेक दैनिक सञ्चालन हुने सेवाहरु कात्तिक १५ गतेसम्म बन्द हुने जनाइएको छ ।
विज्ञप्तिमा पोजेटिभ देखिएका व्यक्तिहरुसँग सम्र्पकमा रहेका सबैलाई होम क्वारेन्टाइनमा बसिदिन र स्वास्थ्य सम्बन्धि समस्या देखिएमा नजिकको स्वास्थ्यचौकीमा सम्र्पक गरी सुरक्षित रहन अनुरोध गरिएको छ ।