images
images

क्वारेन्टाइनमा राखिएका कसैमा कोरोना भाइरसको संक्रमण छैन : स्वास्थ्य मन्त्रालय

चीनबाट उद्धार गरेर भक्तपुरको खरिपाटीमा क्वारेन्टाइन अर्थात् डाक्टरको निगरानीमा राखिएका नेपालीमा कोरोना भाइरसको संक्रमण नभएको पुष्टि भएको छ ।

नमुना परीक्षण गरिएका १७५ जनामध्ये कसैमा संक्रमण नपाइएको स्वास्थ्य मन्त्रालयले जनाएको हो ।

मन्त्रालयले आज पत्रकार सम्मेलन गरेर चीनबाट ल्याइएकाहरुमा कोरोना नभएको पुष्टि भएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले चीनमा उनीहरुलाई जसरी राखिएको थियो क्वारेन्टाइनमा पनि त्यसरी नै राखिएको जानकारी दिनुभयो ।

क्वारेन्टाइनमा १ सय ३५ जना पुरुष र ४० जना महिला गरी १ सय ७५ जना रहेका छन् ।