images
images

विद्युत् प्राधिकरणले प्रस्ताव गरेकाे नयाँ महसुलबारे तपाईँलाई केही भन्नु छ ? सुझाव दिनुस्

काठमाण्डाै – नयाँ विद्युत् महसुलमा सुझाव दिन विद्युत् नियमन आयोगले आग्रह गरेको छ ।

आयोगले सूचना निकालेर विद्युत् प्राधिकरणले प्रस्ताव गरेको शुल्क आयोगको वेबसाइट http://erc.gov.np/consumertariff/erc/ मा राखिएकाले अध्ययन गरेर info@erc.gov.np मा सुझाव पठाउन आग्रह गरेको हो ।

आयोगले नयाँ महसुल शुल्कको बारेमा सार्वजनिक सुनुवाइ गर्ने तयारी पनि गरेको छ । नेपाल विद्युत् प्राधिकरणले वैशाखदेखि मङ्सिरसम्म र पुसदेखि वैशाखसम्म तथा दिउँसो, साँझ र रातिमा फरक–फरक शुल्कसहितको महसुल दर प्रस्ताव गरेर विद्युत् नियमन आयोगमा पठाएको छ ।

प्राधिकरणले १० युनिटसम्म खपत गर्नेले मासिक ३० रुपैयाँ तिर्नेदेखि सार्वजनिक विद्युतीय सवारी साधनलाई सहुलियत मूल्यमा बिजुली दिन प्रस्ताव गरेको छ । यस्तै सिँचाइ र कृषि उकपरण चलाउँदा पनि सहुलियत दरमा विद्युत् उपलब्ध गराउने लगायतका विभिन्न शीर्षकअनुसारको महसुल दर उल्लेख छ ।

विद्युत् नियमन आयोगले स्वीकृति दिएपछि नयाँ महसुल दर लागू गर्ने प्राधिकरणको तयारी छ ।