images
images

नागढुङ्गामा जाम : उपत्यकामा गाडीको चाप बढ्याे

काठमाण्डाै – काठमाण्डाैकाे मुख्य नाका नागढुङ्गामा जाम भएको छ ।

दिउँसोको समयमा नागढुंगा – नौबिसे सडकखण्ड अन्तर्गतको चिसापानीदेखि पिपलामोडसम्म सडक मर्मतको काम भइरहेकाले जाम भएको ट्राफिक प्रहरीले जनाएका छन् ।

यो सडकखण्डमा अझै केही दिन मर्मतको काम हुने भएकाले जाम बढ्ने अनुमान छ । यस्तै, यतिबेला काठमाण्डाै उपत्यकाका धेरै ठाउँमा गाडीको चाप बढेको  छ ।

प्रहरी तालिम केन्द्र महाराजगञ्जमा सडकमा खनेको खाल्डोका कारण चाप भएको छ भने थापाथली, टेकु, कोेश्वर जडिबुटी लगायतका ठाउँमा पनि चाप रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।