images
images

धार्मिक सम्मेलनमा सहभागी हुन आएका दुई जनाको ज्यान गयो

काठमाडौँ – सप्तरीमा भैरहेको मुस्लिम समुदायको धार्मिक सम्मेलनमा सहभागी हुन आएका दुई जनाको बेहोस भएर ज्यान गएको छ । सम्मेलनमा सहभागी हुन आएका भारत मोतिहारी जिल्लाका हारु रसिद आइतबार साँझ बेहोस भएको र उपचारको क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

यस्तै सम्मेलनमा बिरामी भएर घर फर्कदै गरेका एक नेपाली नागरिकको पनि ज्यान गएको प्रहरीले जनाएको छ । शनिबारदेखि सुरु भएको सम्मेलनमा झण्डै साँढे दुई लाख मानिस सहभागी भएका छन् ।