काठमाडौं – आइतबार अपराह्नमा पूर्व राजा ज्ञानेन्द्र शाह दिल्ली प्रस्थान गरेका छन् । दुई साता भारतको भ्रमणमा रहने पूर्वराजा शाहले राजनीतिक भेटघाट गर्ने जनाइएको छ । उनले नयाँदिल्ली र चण्डीगढको भ्रमण गर्ने कार्यक्रम रहेको छ ।
पूर्वराजा शाहसँगै पत्नी कोमल र परिवारका केही सदस्य भ्रमण टोलीमा रहेका छन् । पूर्वराजाको यो पारिवारिक भ्रमण बताइए पनि केही महत्वपूर्ण ब्यक्तिहरुसँग भेटघाट गर्नेछन् । पूर्वराजा शाह १८ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।


जनता भ्वाइस 







