images
images

साेमबार र बुधबार ललितपुरका यी ठाउँमा दिनभर बत्ती जाने

ललितपुर – पुल्चोक वितरण केन्द्रको पाटन फर्पि‍ङ फिडरबाट वितरित ११ के भी  लाइन अपग्रेडिङ गर्नुपर्ने भएकाले ५ गते साेमबार र ७ बजे बुधबार ललितपुरका केही भागमा बत्ती जाने भएकाे छ ।

फर्पि‍ङ फिडरकाे लाइनमा पर्ने ललितपुरका फर्सीडोल, डकुछाप, दनुवार बस्ती, जोर्खु, घुसेल, खोलाखेतलगायत यस फिडरबाट सप्लाइ लिएका सबै क्षेत्रमा बिहान १० बजेदेखि साँझ ६ बजेसम्म बिजुली काटिने नेपाल विद्युत प्राधिकरण ललितपुरकी सूचना अधिकारी लिला अर्यालले जानकारी दिनुभयाे।

ती दिनका लागि ताेकिएका काम निर्धारित समय अगावै सम्पन्न भएमा माथि ताेकिएकाे समयभन्दा अगावै बत्ती आउन सक्ने समेत प्राधिकरणले जनाएकाे छ ।