images
images

इन्डियन प्रिमियर लिग (आइपिएल) : चैत १६ देखि

यसपालिको इन्डियन प्रिमियर लिग (आइपिएल) चैत १६ गतेदेखि सुरू हुने भएको छ । बिआइसिसीका अनुसार चैत १६ मा सुरू भएको प्रतियोगिता जेठ ११ सम्म चल्नेछ । उदघाटन खेल मुम्बईमा हुनेछ ।

उक्त खेलमा साविक विजेता  मुम्बई इन्डियन्सले चेन्नई सुपर किंग्सको सामना गर्नेछ । नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्सले पहिलो खेल १७ गते किंग्स एलाभेन पञ्जाबसँग दिल्लीमै खेल्ने छ । लिग चरणमा ५६ वटा खेल हुनेछन् ।