एपमा रिजस्ट्रेसनका लागि प्रयोगकर्ताले एक पटकमा आफ्नो फोन नम्बर, नाम र परिचय पत्र नम्बर राख्नुपर्ने छ । दर्ता भएको फोन नम्बरलाई एकभन्दा बढी दर्ता भएका अकाउन्टको भेरिफिकेशनका लागि चेक गर्न प्रयोग गरिने छ ।
उक्त एप चिनियाँ सरकारी विभाग र चाइना इलेक्ट्रोनिक्स कर्पोरेशनले संयुक्त रुपमा डेभलप गरेका हुन् । एपका लागि आवश्यक पर्ने डाटाहरु प्राप्त गर्नका लागि यातायात तथा पारवाहन र स्वास्थ्यसँग सम्बन्धित निकायको मद्दत लिइएको छ । उक्त एपमार्फत सरकारले आफ्ना नागरिकलाई कडा निगरानीतर्फ केन्द्रित गराएको विषय पनि चर्चामा छ ।