काठमाडौँ – राष्ट्रिय सभा सांसद तथा कांग्रेस नेता दुर्गाप्रसाद उपाध्यायको निधन भएको छ । क्यान्सर राेगबाट पीडित ५० वर्षीय उपाध्यायको रुपन्देहीमा रहेको आफ्नै निवासमा शुक्रबार बिहान निधन भएको हो ।
उहाँ २०४६ सालको जनआन्दोलनदेखि काङ्ग्रेसमा आबद्ध हुनुभएको थियो । उहाँको शुक्रबार नै लुम्बिनीमा अन्त्येष्टि गरिने प्रदेश सभा सदस्य फकरुद्दिन खानले जानकारी दिनुभयो ।