images
images

अधिकृत र कार्यालय सहयोगी घुस रकमसहित परे अख्तियारको फन्दामा

काठमाडौं – डिभिजन वन कार्यालय, नवलपरासीका सहायक वन अधिकृत र कार्यालय सहयोगीलाई २ लाख घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले अधिकृत कृष्ण बहादुर देवकोटा र कार्यालय सहयोगी प्रमोद कुमार तेलीलाई दुई लाख घुसहित पक्राउ गरेको हो।

टेण्डरको काठ उठाए बापत सेवाग्राहीसँग पटक–पटक घुस मागेको भन्ने सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट गएको टोलीले घुस लिइसकेको अवस्थामा डिभिजन वन कार्यालय, नवलपुरबाट दुवैजनालाई नियन्त्रणमा लिएको हो । उनीहरुमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।