लटिनाथ माध्यमिक बिद्यालयमा कक्षा १२ मा अध्ययनरत एक बिद्यार्थीको शव भेटिएको छ । मार्मा गाउँपालिका ३ रिलपैरा भन्ने ठाँउमा अनिल टमाटाको शव आज बिहान भेटिएको इकाला प्रहरी कार्यालय लटिनाथका प्रहरी निरिक्षक कमल बिष्टले जानकारी दिएका हुन् ।
मृतक टमाटा हिजो बिहान विद्यालय जान भनी घरबाट हिडेपछि बेपत्ता भएको बताइएको छ । मृतक टमाटा भिरबाट लडेको हो अथवा गाडीले ठक्कर दिएर लडाएको हो । यसबारे अनुसन्धान भइरहेको छ ।
मृतक टमाटालाई आज बिहान चौलानी नदिको तालमा घोप्टो परेको अवस्थामा भेटेको प्रहरीले जनाएको छ । मृतकसंगै कापी बिताब समेत तालको डिलमा छरिएको अवस्थामा भेटिएको छ ।


जनता भ्वाइस 








