रुकुम पश्चिम । मुसिकोट नगरपालिका १ खलंगा बजारमा आगलागी भएको छ । बुधबार राति करिब ११ः३० बजेबाट लागेको आगोले खलंगाको तल्लो बजारस्थित कपडा पसलबाट शुर भएको आगोले डिग्रे शाइकुमारी पुस्तक पसल र हिमालय फेन्सी पसलमा क्षति पुगेको जिल्ला प्रहरी प्रमुख डीएसपी ठगबहादुर केसीले जानकारी दिए ।
आगो डेढ घण्टापछि राति १ बजे नियन्त्रणमा लिइएको जिल्ला प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनासहित बजारवासीले डेढ घण्टापछि आगो नियन्त्रणमा लिएका थिए ।
आगलागीका कारण तीन वटा पसल जलेर पूर्ण रूपमा नष्ट भएका छन् । आगलागीबाट करिब एक करोडभन्दा बढीको क्षति भएको पीडितहरुले बताएका छन् । आगो विद्युत सर्ट भई लागेको हुन सक्ने प्रहरीको अनुमान छ ।


जनता भ्वाइस 








