काठमाडौँ – नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले ‘कोरोना भाइरस’ नेपाल भित्रिन नदिन सरकारले विशेष ध्यान दिनुपर्ने बताका छन् । भक्तपुर नगरपालिकाको छैटौँ नगरसभालाई बुधबार सम्बोधन गर्दै विजुक्छेले विश्व स्वास्थ्य सङ्गठनसँग सहकार्य गरी ‘कोरोना भाइरस’ नेपाल भित्रिन नदिन सरकारले विशेष ध्यान दिनुपर्ने बताका हुन् ।
उनले चीनबाट फर्काइने नेपालीलाई भक्तपुरको खरिपाटीस्थित राख्न भने नहुने र मानव बस्तीभन्दा टाढा लगेर स्वास्थ्य परीक्षण गर्नुपर्ने बताए। अध्यक्ष विजुक्छेले एमसिसी सम्झौता नेपालको लागि खतराको विषय भएको औँल्याउँदै पार्टीले एमसिसीको खुलेर विरोध गर्दै आएको उल्लेख गरे ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आर्थिक वर्ष २०७६(७७ को लागि विनियोजित रकमको समीक्षा तथा नगरपालिकाका लागि आवश्यक ऐन, नियम, विनियम र कार्यविधिबारे जानकारी दिए । उनले आव २०७६(०७७ मा रु ९९ करोड ८० लाख विनियोजन गरिएकोमा २०७६ पुस मसान्तसम्ममा ३६(२४ प्रतिशत अर्थात रु ३६ करोड १७ लाख २२ हजार मात्र खर्च भएको जानकारी दिए ।


जनता भ्वाइस 








