काठमाडौँ – धादिङमा बस र स्कुटर ठोक्किँदा नायिका महिमा सिलवाल र उनकी बहिनीको ज्यान गएको छ । बुधबार बेलुकी पृथ्वी लोकमार्गको गजुरी गाउँपालिका वडा नम्बर २ चाम्बासमा भैरहवाबाट काठमाण्डौका लागि छुटेको लु २ ख १३५ नम्बरको बस र बा ९८ प ७०५८ नम्बरको स्कुटर आपसमा ठाेक्किएकाे थियाे ।
दुर्घटनामा घाइते भएकी महिमाको गजुरीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा बुधबार नै ज्यान गएको प्रहरी नायब उपरीक्षक (डीएसपी) खगेन्द्र खड्काले जानकारी दिनुभएको छ । उहाँका अनुसार दुर्घटनामै घाइते भएकी महिमाकी बहिनी शर्मिलाको बिहीबार बिहान काठमाण्डौको ट्रमा सेन्टरमा ज्यान गएको हो ।
महिमाले ‘कारबाही’, ‘अप्रिल फुल’, ‘चियर्स’, ‘दानव’ लगायतका चलचित्रका साथै दर्जन बढी म्युजिक भिडियोमा अभिनय गरेकी छिन् । बससहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


जनता भ्वाइस 








