काठमाडौँ – नेपालले अमेरिकामाथि क्रिकेट विश्वकप लिग २ मा कीर्तिमानी विजय हात पारेको छ । आइसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले बुधबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा अमेरिकालाई ८ विकेटले पराजित गरेको हो ।
एकदिवसीय अन्तर्राष्ट्रियको कीर्तिमानी न्युन स्कोर ३५ रनमा अलआउट गरेको नेपालले ५.२ ओभरमै विजय लक्ष्य पुरा गरेको हो । टस हारेर ब्याटिङमा उत्रिएको अमेरिकालाई नेपाली बलरले घातक बलिङ गर्दै १२ ओभरमै अलआउट गर्दा अमेरिकाले ३५ रनमात्र बनाउन सकेको थियो ।
यो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक कम स्कोर हो । स्पीनरद्वय सन्दीप लामिछाने र सुशन भारीले उत्कृष्ट बलिङ गर्दै १० विकेट लिएको खेलमा नेपालले अमेरिकालाई हराएको हो । सन्दीपले ६ र सुशनले ४ विकेट लिएपछि अमेरिका १२ ओभरमै ३५ रनमा अलआउट भएको थियो ।
अमेरिकाका लागि ओपनर जेभियर मार्ससले १६ रन बनाए भने बााकी खेलाडीले दोहोरो अंककमा रन छुन सकेनन् । नेपालका लागि सन्दीप लामिछानेले ६ ओभरमा १ मेडन राख्दै १६ रन खर्चेर ६ विकेट लिए ।


जनता भ्वाइस 







