काठमाडौँ – गोेठमा सेतेका ६५ वर्षीय फेकन पण्डितको सोमबार राति हत्या भएको छ । दुर्गा भगवती गाउँपालिका–३ मत्सरी पार्साटोलका वृद्वको हतौडाले हानेर हत्या गरिएको हो ।
घरबाट एक किलोमिटरको दुरीमा रहेको गोठमा सुत्न गएका पण्डित बिहान अबेरसम्म घर नफर्किएपछि आफन्त खोज्न जाँदा मृत अवस्थामा फेला परेका हुन् । प्रहरीले हतौडा प्रहार गरी पण्डितको हत्या गरिएको हुनसक्ने आशंका गरेको छ ।
मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गौरमा पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।