images
images

मोरङमा भएकाे सवारी दुर्घटनामा परि मोटरसाइकल चालकको मृत्यु

काठमाडौँ – बूढीगंगा गाउँपालिका-५ मा भएको दुर्घटनामा एकको मृत्यु भएको छ । उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को२७ प८३६७ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई बिजुलीको पोलमा ठोक्किँदा मोटरसाइकल चालक सुनसरीको दुहवी नगरपालिका-८ का २७ वर्षीय दीपेश चौधरीको मृत्यु भएको हो ।

मोरङ प्रहरी प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार टाउकोमा चोट लागेका चौधरीको उपचारका क्रममा विराट नर्सिङ होममा मंगलबार बिहान पौने ५ बजे मृत्यु भएको हो ।