काठमाडौं- क्यानडाको उपल्लो सदनका सभामुख जर्ज जे फ्युरीले आज परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग आज भेटवार्ता गरेका छन् । नेपाल भ्रमणमा रहेका सभामुख फ्युरी नेतृत्वको संसदीय प्रतिनिधिमण्डले मन्त्री ज्ञवालीसँग शिष्टाचार भेट भएको हो ।
भेटवार्तामा मन्त्री ज्ञवालीले नेपाल भ्रमण वर्षलाई सफल बनाउनको लागि क्यानडाको सहयोगको अपेक्षा गरेका थिए । जवाफमा सभामुखले आफूहरु सहयोग गर्न तयार रहेको बताएका थिए । मन्त्री ज्ञवालीले नेपालमा हुने ‘सगरमाथा सम्वाद’ मा सहभागी हुन उच्चस्तरीय प्रतिनिधि पठाउन समेत आग्रह गरेका थिए ।