images
images

कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या हजार नाघ्यो, ४२ हजारभन्दा बढी सङ्क्रमित

काठमाण्डाै – कोरोना भाइसरका कारण ज्यान गुमाउनेको सङ्ख्या एक हजार १६ पुगेको छ । गएको २४ घण्टामा एक सय तीन जनाको ज्यान गएसँगै कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार १६ पुगेको समाचार संस्था सीएनएनले जनाएको छ ।

ज्यान गुमाउनेमध्ये एक हजार १४ जनाले चीनमा र २ जनाले चीनबाहिर ज्यान गुमाएका हुन् । यस्तै कोरोनाबाट सङ्क्रमित हुनेको सङ्ख्या ४२ हजार ६ सय ३८ पुगेको चीनको स्वास्थ्य विभागले जानकारी दिएकाे छ । भाइरसको सङ्क्रमण सुरु भएको चीनको वुहानमा मात्रै नाै सय ७४ जनाको ज्यान गएको छ भने ३१ हजार सात सय २८ जनामा सङ्क्रमण देखिएकाे छ ।

यसैबीच विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को एउटा टोली साेमबार चीन पुगेको छ । अन्तराष्ट्रियस्तरका विज्ञहरुसहितको टोलीले मङ्गलबारदेखि उपचार, रोकथामका उपायहरुको काम थाल्ने सीएनएनले जनाएको छ । त्यस्तै तीन हजार नौ सय ९६ जना उपचारपछि पूर्णरुपमा निको भएर डिस्चार्ज गरिएको चीनले दाबी गरेको छ ।

ज्यान गुमाउनेको सङ्ख्या हजार नाघे पनि नयाँ मानिसमा सङ्क्रमण हुने दर भने २० प्रतिशतले घटेको बताइएको छ  । हुबेईको स्वास्थ्य आयोगले सोमबार दुई हजार ९७ जनामा कोरोनाको सङ्क्रमण देखिएको छ, आइतबार सङ्क्रमण हुनेको सङ्ख्या दुई हजार ६ सय १८ रहेको थियो । चीनले सन् २००२–०३ को सार्स भाइरसको महामारीपछि अहिले कोरोना भाइरसका कारण स्वास्थ्य सङ्कट ब्यहोरिरहेको छ ।