प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको सेवा अवधि भोलि मंगलबार सकिँदैछ । खनालसँगै उनको व्याचका एआइजिपीहरू पनि अवकाशमा जाने भएकाले डिआइजीबाट महानिरीक्षक बनाउनुपर्ने हुन्छ । खनालकै ब्याचको वैकल्पिक टोलीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) ठाकुर ज्ञवाली, तारणीप्रसाद लम्साल र सूर्य उपाध्याय प्रमुख रूपमा महानिरीक्षकको दौडमा छन् ।
अब बस्ने अर्को बैठकले महानिरीक्षकमा कसलाई स्थान दिने भन्ने विषयमा टुंगो लगाउनेछ ।