काठमाण्डौ – मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो १ बजे बस्नेगरी मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको उहाँका प्रेस सल्लाहाकार सूर्य थापाले जानकारी दिनुभयो । बैठकले नयाँ प्रहरी महानिरीक्षक आईजीपीको बारेमा निर्णय गर्ने सम्भावना छ ।
प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले ३० वर्षे सेवाहदका कारण भोलिदेखि अवकास पाउने भएपछि नेपाल प्रहरीको प्रमुख पद भोलिदेखि रिक्त हुँदैछ । यसपटकपनि डीआइजीहरुबाटै नयाँ प्रहरी महानिरीक्षक बनाउनुपर्ने भएको छ ।
कार्यसम्पादन, वरिष्ठता लगायतका आधारमा डिआइजीहरु ठाकुर ज्ञवाली, तारणीप्रसाद लम्साल र सूर्यप्रसाद उपाध्यायमध्ये एकजनालाई प्रहरी महानिरीक्षक बनाउने सम्भावना छ ।


जनता भ्वाइस 







