काठमाण्डौ – सोमबार पहाडी भुभागको केही ठाउँमा सामान्य बादल लाग्ने र बाँकी ठाउँमा मौसम सफा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।काठमाण्डौ र आसपासका ठाउँमा बिहान हल्का बादल लागे पनि दिउँसो घाम लाग्ने महाशाखाको भनाई छ ।
सामान्य बदली भए पनि पानी पर्ने सम्भावना नरहेको पनि महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले नेपालमा कुनै पनि मौसमी प्रणाली सक्रिय छैन । आउँदो तीन दिनसम्म पानी पर्ने सम्भावना नरहेको पनि महाशाखाले जनाएको छ ।


जनता भ्वाइस 







