images
images

बन्द भएको आठ दिनपछि खुल्यो लाइसेन्सको अनलाइन फारम

सवारीचालक अनुमति पत्र (लाइसेन्स)को अनलाइन फारम प्रणाली फेरी संचालनमा आएको छ। ह्याक भएको भन्दै बन्द गरिएको ८ दिनपछि अनलाइन फारम प्रणाली शुक्रबारबाट संचालनमा आएको हो। बुटवल, पोखरालगायतका स्थानबाट बिचौलियाहरुले अनलाइन फारम प्रणाली छेडखानी गरी एकै पटकमा धेरै फारम भर्ने गरेको विभागको आशंका थियो।

यो समस्या हटाउन विभागले एउटा आइपी एड्रेसबाट सिमित फारम मात्र भर्न मिल्ने बनाइएको विभागमा महानिर्देशक गोगन बहादुर हमालले जानकारी दिए। ‘बिचौलियाहरुले बिहानै वेवसाइटमा छेडखानी गरेर पैसा तिर्ने सेवाग्राहीको फारम भर्ने रहेछन्। अरूले भर्न नमिल्ने रहेछ। त्यसैले अहिले हाम्रो आईटी डिपार्टमेन्ट अनलाइन प्रणाली परिमार्जन गरिएको छ,’ हमालले भने।