काठमाडौँ – ललितपुर महानगरपालिका-२ सानेपा बस्ने ३५ वर्षीय बिष्णुबहादुर तण्डुकारको टहराबाट जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १४ जनालाई पक्राउ गरेको छ ।
शनिबार दिउँसो प्रहरीले १४ जनालाई पक्राउ गरेको हो । उनीहरुको साथबाट नगद १ लाख २६ हजार ७०७ रुपैयाँ र ६ बुक तास बरामद गरिएको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी प्रभाग सानेपाबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


जनता भ्वाइस 







