images
images

निःशुल्क प्रवेश पाउँदै आएका भारतीय पर्यटकसँग शुल्क लिने भुटानको घोषणा

काठमाडौँ – यसअघि भारतीय पर्यटकलाई निःशुल्क आफ्नो मुलुकमा प्रवेश दिदैं आएको भुटानले अबदेखि प्रवेश शुल्क लिने भएको छ । भारत र भुटानबीच खुला सीमा छ । नयाँ नियम अनुसार जुलाई २०२० देखि भुटान घुम्न जाने भारतीय पर्यटकले प्रति दिन १२ सय भारतीय रुपैयाँ बुझाउनुपर्नेछ ।

भारतसँगै भुटान घुम्दा बंगलादेश र मालदीपबाट आउने पर्यटकले समेत यति नै शुल्क बुझाउनुपर्ने भुटानले जनाएको छ । भुटानको संसदले चार फरवरीमा यो शूल्क लिने बिल पास गरेपछि यसअघि निःशुल्क भुटान प्रवेश पाउँदै आएका भारतीय पर्यटकले शुल्क तिर्नुपर्ने भएको हो ।

बिलका अनुसार व्यस्क भारतीय पर्यटकले १२ सय भारू तिर्दा १२ वर्ष सम्मका बालबालिका लागि उसले ६ सय भारू शुल्क तोकेको छ । भुटानले देशमा बढ्दै गएको पर्यटकको चाप नियन्त्रणका लागि सो प्रावधान ल्याएको बताएको छ ।

हाल भुटान घुम्ने अन्य देशका पर्यटकका लागि पनि नयाँ शुल्क तोकेको छ । अन्य देशका नागरिकले भुटान घुम्दा ६५ डलर दिगो विकाश शुल्कको साथमा २४० अमेरिकी डलर फ्ल्याट कभर चार्ज तिर्नुपर्छ । भुटान घुम्ने पर्यटकको ठूलो हिस्सा भारतीय पर्यटकले ओगट्ने गरेका छन् ।

भुटानको यो निर्णयमा भारतले कुनै प्रतिक्रिया जनाएको छैन । आफ्नो भूराजनीतिका लागि रणनीतिक देशका रुपमा भुटानलाई भारतले हेर्ने गरेको छ । केही समय अगाडिमात्रै उसले भुटानको १२ पञ्चवर्षिय योजनाका लागि ४ हजार ५ सय करोड सहयोगको घोषणा गरेको थियो ।