काठमाण्डौ – आईसीसी विश्वकप क्रिकेट लिग टूमा ओमानसँग खेलिरहेको नेपालले पहिलो विकेट गुमाएको छ ।
नेपालका सुवास खकुरेल २२ रनमा आउट भएका हुन् । ४२ बल सामना गरेका सुवासले १ चौकासहित २२ रन बनाए । १५ ओभरको पहिलो बलमा सुवास आउट हुँदा नेपालले १ विकेट गुमाएर ४८ रन बनाएको छ । क्रिजमा ज्ञानेन्द्र मल्ल र पारस खड्का छन् ।