images
images

आईसीसी विश्वकप लिग २ छनाेट : ओमानविरुद्ध नेपालले पहिला ब्याटिङ गर्दै, कमलसि‌ंह ऐरीकाे डेब्यु

काठमाण्डौ – आईसीसी विश्वकप लिग २ छनाेट अन्तर्गतकाे एक दिवसीय क्रिकेटमा ओमानविरुद्ध नेपालले  पहिला ब्याटिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा ओमानविरुद्ध टस हारेपछि नेपालले ब्याटिङ गर्ने भएको हो ।

आजको खेलमा नेपालका कमलसिंह ऐरीले डेब्यु गर्ने भएका छन् । उनले अविनाश बोहोरालाई रिप्लेस गरेका हुन् । पहिलो खेलमा ओमानसँग पराजित भएको नेपाल हारको बदला लिने दाउँमा रहँदा ओमान भने अपराजित यात्रा कायमै राख्ने लक्ष्यमा हुनेछ ।