काठमाण्डौ– चितवनको भरतपुरमा रहेको एउटा फर्निचर उद्योगमा लागेको आगो ७ घण्टा बितिसक्दा पनि पूर्ण रुपमा निभाउन सकिएको छैन । शनिबार बिहान ४ बजेदेखि भरतपुर महानगरपालिका वडा नम्बर ५ मा जीवन श्रेष्ठले सञ्चालन गरेको रोयल फर्निचर उद्योगमा लागेको आगो अझैपनि पूर्ण रुपमा निभाउन नसकिएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी एकनारायण कोइरालाले जानकारी दिनुभयो ।
अहिले पनि ७ वटा दमकलको सहयोगमा प्रहरी र स्थानीयले आगो निभाउने प्रयास गरिरहेका उहाँले बताउनुभयो । उद्योगसँगै काठको गोदाम रहेकाेले ४ वटा डोजरले आगो खोस्रदै दमकलको सहयोगमा निभाउने प्रयास भैरहेको उहाँको भनाइ छ ।