images
images

मेरो लागि पैसा हाेइन, खेल जित्नु ठूलो कुरा हाे: लियोनल मेस्सी

काठमाण्डौ – लियोनल मेस्सी र बार्सिलोनाबीचको सम्बन्ध केही खस्किएको बताइन्छ । लियोनल मेस्सी तथा अबिडालका बीचमा भएको विवादका कारण मेस्सीले बार्सिलोना छाड्न सक्ने बताइएको छ ।

बार्सिलोनाका कप्तानमाथि केही ठूला क्लबहरुको नजर परेको बताइएको छ तर मेस्सीले आफैँले भने मे महिनाभन्दा अघि आफ्नो निर्णय सुनाउने बताएका छन् ।बार्सिलोनासँगको मेस्सीको सम्झौता २०२१ मा सकिँदैछ । यस्तैमा मेस्सीले आफ्नो लक्ष्य र योजनाका बारेमा बताएका छन् ।

‘पैसा मेरो लागि केही हैन । मेरो लागि सबैभन्दा ठूलो कुरा खेल जित्नु हो’, मेस्सीले भने । ‘यस परिस्थतिमा म केही बोल्न चाहन्न र मेरो बुबाले यस बारेमा क्लबसँग वार्ता गरिरहनु भएकाे छ । म अहिले केही बोल्न चाहन्न’, मेस्सीले भने ।

सञ्चारमाध्यमका अनुसार पीएसजी, म्यानचेस्टर सिटी, म्यान युनाइटेड, युभेन्टस र इन्टर मिलान मेस्सीलाई अनुबन्धित गर्नका लागि इच्छुक देखिएको छ ।