प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रसको भातृसंगठन तरुण दल र नेविसंघले काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको छ । बालुवाटार जग्गा प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको नाममा दोषीलाई उन्मुक्ति दिने र निर्दोषलाई कारबाही गरेको भन्दै कांग्रेसका कार्यकर्ताले विरोध प्रदर्शन गरेका हुन् ।
प्रदर्शनकारीले भ्रष्टाचार सरकार चाहिँदैन,निर्दोषलाई फसाउन पाइँदैन,संवैधानिक निकायहरूमा सरकारी हस्तक्षेप बन्द गर,विभेद र पूर्वाग्रह मानिँदैन,काण्डैकाण्डको सरकार चाहिँदैनलगायत नारा लगाएर उनीहरूले प्रदर्शन गरेका हुन् । बालुवाटार जग्गा प्रकरणमा अख्तियारले कांग्रेसका उपनेता विजय कुमार गच्छदारलगायत १ सय ७५ जनामाथि मुद्दा चलाएको थियो ।


जनता भ्वाइस 







