काठमाडौं – ललिता निवास जग्गा प्रकरणमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका नेताहरुलाई उन्मुक्ति दिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा धर्ना दिन पुगेका साझा पार्टीका नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार ललिता निवासको जग्गा प्रकरणमा नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारसहित केही पूर्वमन्त्रीसहित १७५ जना विरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।
तर, सत्तारुढ पार्टी निकटका व्यक्तिहरुलाई उन्मुक्ति दिएर मुद्दा दर्ता गरिएको आरोप विपक्षी दलहरुले आरोप छ । विपक्षी दलहरुले अख्तियारले नै असमान व्यवहार गरेको भन्दै आन्दोलनसमेत सुरु गरेका छन् ।